७ कार्तिक २०८३, शनिबार

युक्रेन–रुस युद्ध : २२५ जना नेपालीहरु सुरक्षित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले युद्धग्रस्त मुलुक युक्रेनमा रहेका २२५ जना नेपालीहरू सुरक्षित रहेको जनाएको छ ।

दूतावासले हिजो शनिबार जारी गरेको विज्ञप्तिमा १५ जना नेपाली पोल्यान्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना नेपाली रोमानियामा प्रवेश गरेका छन् ।

यस्तै २३ नेपाली स्लोभाकिया र २ जना रोमानिया जान बाटोमा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको दूतावासले जनाएको छ ।

यो सँगै युक्रेनमा रहेका नेपालीले उक्त देश छोड्ने क्रम सुरु भएको छ ।