७ कार्तिक २०८३, शनिबार

एमसीसी पास गर्न माओवादी र एकीकृत समाजवादी सहमत

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । गठबन्धन टुट्ने भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले एमसीसी अनुमोदन गर्नेमा सहमति जनाएका छन् ।

अमेरिकाले कुनै पनि हालतमा एमसीसी संशोधन नहुने भनेपछि सत्तारुढ माओवादी र एकीकृत समाजवादीले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा सम्झौता अनुमोदन गर्न सहमति जनाएका बताइएको छ ।

यसो भएमा गठबन्धन पनि नछुट्ने भन्दै यस्तो निर्णयमा पुगिएको बताइएको छ ।

यद्यपि पार्टीबाट गठबन्धनका दलहरुले संस्थागत निर्णय नगरेसम्म काँग्रेस भने ढुक्क छैन । संस्थागत निर्णय नहुँदा जतिखेरै गठबन्धन टुट्ने काँग्रेस नेताहरुले आशंका गरेका छन् ।

यता काँग्रेस र एमालेका नेताहरुबीचको छलफलमा भने कुनै निष्कर्ष निस्केन ।