
भोजपुर, १४ फागुन । नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष सदस्यसहित विभिन्न पार्टी परित्याग गरि ७२ जना नेकपा एमालेमा ७२ प्रवेश गरेका छन ।
टेम्केमैयुम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य नेपाल निर्वाचित वडा सदस्यहरुसहित एमाले प्रवेश गरेका हुन् । उनी नेकपा माओवादी भोजपुरका सचिवालय सदस्य एवं तत्कालीन माओवादी जनसरकारका जिल्ला सचिव समेत रहेका थिए ।
एमाले प्रवेश गर्नेहरुमा वडा सदस्य भगवानपुरि, माओवादी टेम्केमैयुम गाउँपालिका सदस्य गोविन्द पुरी, वडा उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव सन्दिप पुरी लगायत ६० जना रहेका छन । यसै गरि नेपाली काँग्रेसबाट वडा सदस्यकोे उमेद्वार बनेकी अम्बिका रम्तेलले पनि पार्टी परित्याग गरि एमाले रोजेकि छिन ।
जनता समाजवादी पार्टीका संभव राई पनि एमालेमा प्रवेश गरेको टेम्केमैयुम गाउँकमिटी अध्यक्ष सुनिल राईले बताए । योसँगै माओवादीको टेम्केमैयुम गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि शुन्य भएको छ ।
एमाले प्रवेशगर्दै वडा अध्यक्ष सुर्य नेपालले अवको विकल्प नेकपा एमाले मात्र भएको र गाउँपालिकाको विकास एमालेले मात्र गर्ने भएको कारण आफुहरु एमालेमा प्रवेश गरेको बताए । नेकपा एमाले भोजपुरका अध्यक्षले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी प्रदान गरिने बताएका थिए ।
केन्द्रीय सदस्य हरीबहादुर राईले राजनीतिक, वैचारिक र सांगठनिक रूपमा सबल र सक्षम पार्टी एमाले भएकोले अवको निर्वाचनमा बहुमत पार्टी हुने बताए । एमालेविरुद्ध भएको घेराबन्दी चाडै तोडिने समेत बताए ।
एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राई, जिल्ला अध्यक्ष शरण राई , टेम्केमैयुम गाउँपालिका अध्यक्ष धुव्रराज राई लगायतले पार्टी प्रवेश गराएका थिए ।













प्रतिक्रिया