
काठमाडौँ, १४ फागुन । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने संघीय संसद सचिवालयदवारा जारी कार्यसूचीमा रहेको छ ।
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।
दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची उल्लेख गरिएको छ ।
संसद बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको छ ।
यसअघिका दुई वटा संसद बैठकहरु सरकारकै आग्रहमा स्थगित गरिएको छ ।
सत्तारुढ नेपाली काँग्रेस जसरी भए पनि एमसीसी पारित गराउन प्रयासरत रहेको छ । यसका लागि नेकपा एमालेको साथ खोजिरहेको छ ।













प्रतिक्रिया