
काठमाडौँ, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले एमालेसँग कुराकानी थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सातो गएको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शनिबार एमाले सम्बद्ध कानुन व्यससायीको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
एमसीसी अनुमोदनका लागि काँग्रेसले एमालेसँग छलफल भएपछि प्रचण्ड र माधवको सातो गएको उनको भनाइ छ ।
‘हिजो हामीसँग कांग्रेसले कुरा गर्यो, थाहा पाएपछि साथीभाइको सातो गए छ, गठबन्धन टुट्छ कि के हो भनेर । हिजो बेलुका प्रचण्ड–माधव नेपालले शेरबहादुर देउवासँग कुद्दै गएर भनेछन्, हामी एमसिसी पास गर्छौँ गठबन्धन जोगाइदिनुहोस्, हामीलाई सडकमा नफाल्दिनुहोस् प्रभु भनेपछि हेर्छु कत्तिको इमान्दार छौँ, इमान्दर रहेछौँ भने ठीक छ भनेर प्रधानमन्त्रीले पठाए’ उनले भने ।
उनले भने, ’एमालेले देशको विकाश, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका कुरा हेरेर जे गर्नु राष्ट्रका लागि उचित हुन्छ त्यो मात्रै गर्छ ।’
’अदालतले त गर्यो गर्यो सभामुख उस्तै छ बा । अरूको सूचना ढोकैबाट ल्याएर सुनाइदिन्छन् । हाम्रो सूचना थुपुक खल्तीभित्र हालेर बस्छन्’ उनले भने ।












प्रतिक्रिया