
सुर्खेत, १४ फागुन । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् ।
नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहरा र विमला शाही निर्वाचित भएको एमालेले जनाएको छ ।
अध्यक्षका लागि ३ जना आकांक्षी भए पनि प्रदेश कमिटि सदस्य समेत रहेका हमाल अध्यक्ष भएका हुन् ।
अधिवेशनले १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । विधानतः ९० सदस्यीय जिल्ला कमिटी घोषणा गर्नुपर्नेमा अन्य पार्टीबाट समायोजन भएकाहरुलाई पनि समेट्दा १२१ सदस्यीय भएको नेताहरुको भनाइ छ ।












प्रतिक्रिया