१५ कार्तिक २०८३, आइतबार

यो साता सुनको मूल्य १४०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ फागुन । यो साता नेपाली बजार सुनको मूल्य १४०० रुपैयाँले बढेको छ ।

गत आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९८ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।