७ कार्तिक २०८३, शनिबार

डिभाइडर ब्यवस्थापन गर्न ध्यानाकर्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा (कपिलवस्तु), १४ फागुन । कपिलवस्तुको शिवराज–५ चन्द्रौटा बजारमा राखिएको डिभाइडलाई व्यवस्थापन गर्न युवाहरुले माग गरेका छन् ।

बजार क्षेत्रमा दैनिक रुपमा दुर्घटना निम्त्याएको भन्दै व्यवस्थापनको लागि सडक डिभिनज तथा शिवराज नगरपालिकालाई ध्यानर्कषण पत्र समेत बुझाइएको छ ।

बजारमा सवारीको चाप बढिरहेको बेला अव्यवस्थित रुपमा डिभाइडलाई हुदा दुर्घटना बढेको युवा नेता सरोज पौडेलले बताउनुभयो । नगरपालिका र डिभिजनले गम्भीर रुपमा लिएर सडकमा रहेको डिभाइडरलाई व्यवस्थीत गर्न जरुरी रहेको पौडेलको भनाई छ ।

गएराती स्थानीय युवा दुर्घटनामा परेपछि आक्रोशित युवाहरुले सडकमा राखिएको डिभाइडर ढलाएर बिरोध जनाएका थिए । पुनः शुक्रवार ढलेका डिभाइडरलाई उठाइएको छ । स्थानीय युवा नेता सरोज पौडेल, गणेश जिसी र कमल गिरिले नगर प्रमुख नेत्रराज अधिकारिलाइ ध्यानाकर्षण गराएका हुन ।

सडक डिभिजनले ब्यवस्थापन प्रती खासै चासो नराखेको र आफुले पटक पट्क जानकारी गराएको नगर प्रमुख नेत्रराज अधिकारिले बताउनु भयो । सडक सफाइ र डिभाइडर लगायतका बिषयमा पुन डिभिजनलाई आग्रह गर्ने अधिकारीले बताए ।