७ कार्तिक २०८३, शनिबार

भैरव पुरस्कार व्यङ्ग्यकार लुँइटेललाई, ग्वंगलाई वाङ्मय तथा भौकाजीलाई प्रतिभा पुरस्कार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेपाली साहित्यका हास्य-व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको छ ।

भैरव पुरस्कार गुठीका अध्यक्ष साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरे ।

यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रहेको छ । पहिलो पटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको छ ।

एक लाख एक हजार १११ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारितालगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई बर्सेनि प्रदान गरिने गुठीले जनाएको छ । यसैगरी ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको छ ।

यसैबीच गुठीको हिजो सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजित नेपाल रहेका छन् ।