७ कार्तिक २०८३, शनिबार

राप्रपा नेपाल संगठन विस्तारमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । राप्रपा नेपालले संगठन विस्तारलाई तीव्र बनाएको छ ।

सो पार्टीले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति अख्तियार गरेको छ ।

हिजो शुक्रबार मात्र राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । कास्कीका राप्रपा नेपालसम्बद्ध नेता, कार्यकर्ताहरुको भेलाले शिव कुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

नगगठित समितिको सदस्यहरुमा सूर्य प्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र कुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला, कृष्ण प्रसाद बाँस्तोला, लिलाधर गौतम, दिपक सुनार, अनुज अधिकारी हमाल, बीरबहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङलगायत छन् ।