६ कार्तिक २०८३, शुक्रबार

सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी गर्दा क्यासब्याक अफर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । सानिमा बैंकले आफ्ना ग्राहकहरुले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्गमार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यासब्याकको प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७८ फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागू हुनेछ ।

नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २% वा अधिकतम रु २० तथा मासिक अधिकतम रु. ५००/– सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।

ग्राहकहरुले प्लेस्टोर/एपस्टोरबाट सानिमा सजिलो ई बैंकिङ्गएप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नुहुनेछ ।

सानिमा बंैकको देशभर सातै प्रदेशमा गरी १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।