
काठमाडौँ, १३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६२८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ५४५२ पिसिआर परीक्षणबाट र ३१७६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ९ हजार २८० जना कोरोनाका सक्रिय संक्रमित छन्।












प्रतिक्रिया