१५ कार्तिक २०८३, आइतबार

सभामुखले गल्ती सच्याउनुपर्‍यो वा मार्गप्रशस्त गर्नुपर्‍यो: महासचिव पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्नि सापकोटाले कि गल्ती सच्याउनुपर्ने कि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा स्थानीय तह चुनावका लागि दल दर्ता गराउने क्रममा पोखरेलले यस्तो बताएका हुन् ।

उनले सभामुख सापकोटाले पदीय जिम्मेवारी ननिभाएको बताएका छन् ।

‘एमाले विभाजन गर्नेगरी सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्यो वा मार्गप्रशस्त गर्नुपर्यो । अनि मात्र एमाले संसदीय प्रक्रिया सहभागी हुन्छ ।’

पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियमा सहभागी हुने अवस्था नरहेको पनि बताए ।