
काठमाडौँ, १३ फागुन । गृहमन्त्रालयले पासपोर्ट र भिसा विना विमानस्थल पुगेको घटनालाई छानविन गर्न थालेको छ ।
यही फागुन ९ गते नेपाल वायुसेवा निगमको कतार उड्न लागेको विमानमा पासपोर्ट र भिसा बिनै यात्रु पुगेका थिए ।
गृहमन्त्रनालयले सुरक्षासँग जोडिएको त्यस घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यससम्बन्धमा छानविन गर्न मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्य छानबिन समिति गठन गरेको छ ।












प्रतिक्रिया