१५ कार्तिक २०८३, आइतबार

कांग्रेससँग गठबन्धन नटुटाउने सहमति भएको माधव नेपालको दाबी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कै कारण गठबन्धन नटुटाउने सहमति भएको बताएका छन्।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो बिचमा एमसीसी पास भए पनि फेल भए पनि गठबन्धनलाई कायमै राखौँ भन्ने कुरा भएको हो। राष्ट्रिय राजनीतिका विषयमा जुन यो गठबन्धनले काम गरिरहेको छ यसमा हामी एक हौँ भन्ने कुरा भएको हो,’ उनले थपे, ‘तर अब यसमा गठबन्धन जोगाउन हामीले मात्रै सोचेर हुँदैन। यो नेपाली कांग्रेसले पनि सोच्ने कुरा हो।’

एमसीसीका कतिपय अस्पष्ट प्रावधानलाई स्पष्ट नबनाएसम्म पारित गर्न नहुने नेपालले बताए। ‘अहिले अमेरिकाले नेपालको नाम इन्डो प्यासिफिक स्ट्राटिजीबाट हटायो भन्ने जस्ता कुरा पनि आइरहेका छन्,’ उनले भने, ‘त्यसैले यस्ता कुराहरू के हाम्रो मुलुकका लागि सकारात्मक छन्, त रु त्यसै हामी यो एमसीसीका विषयमा अस्पष्टता नहटेसम्म केही पर सारौँ भन्ने चाहन्छौँ।’