१५ कार्तिक २०८३, आइतबार

रुसी आक्रमणमा एकैदिन १३७ युक्रेनी नागरिकको मृत्यु हुँदा ३१६ घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । रुसले बिहीबारदेखि थालेको आक्रमणमा हालसम्म १३७ युक्रेनी नागरिकको मृत्यु भएका छन् भने ३१६ घाइते भएका छन्। एनबीसी न्युजका अनुसार आज युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ४० युक्रेनी सेना पनि छन्।

पुटिनले पूर्वी युक्रेनमा रहेका विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको घोषणा गर्दै औपचारिक रुपमै युक्रेनमा सैन्य कारवाही थाल्न आफ्ना सेनालाई निर्देशन दिएपछि युक्रेनको राजधानीसम्मै आक्रमण भइरहेका हुन्।

उता युुक्रेनमाथि आक्रमण सुरु भएपछि विश्व समुदायले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। रुसले तेस्रो पक्ष आन्तरिक मामिलामा हस्तक्षेप गर्न आइपुगे उसलाई पनि आफूले नछाड्ने चेतावनी दिएको छ।