७ कार्तिक २०८३, शनिबार

बस्दैनबसी स्थगित संसद्‌ बैठक आज बस्‍दै, एमसीसीमाथि सैद्धान्तिक छलफल हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । हिजो बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक आज बस्‍दैछ ।

आज शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

तर एमसीसी संसदमा पेश गर्ने बेला बिरामी भएको बताउँदै अर्थमन्त्री शर्मा भने पत्नीसहित उपत्यकाबाहिर घुमघाममा निस्किएका छन् ।

हिजै बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले बस्दैनबसी स्थगित गरेका थिए । त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सरकारले आफ्ना माग पूरा नगरे आजको बैठक पनि अवरोध गर्ने एमालेले जनाएको छ ।