७ कार्तिक २०८३, शनिबार

कांग्रेस र एमालेका शीर्ष नेताबीचको बैठक आज पनि बस्दै, हिजोको छलफल सकारात्मक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज पनि छलफल हुने भएको छ ।

आफ्ना माग पूरा गर्न सत्तारुढ कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएपछि एमाले पनि एमसीसी पारित गराउन सकारात्मक देखिएको छ ।

आज पनि सहमतिको प्रयासस्वरुप छलफललाई निरन्तरता दिन लागिएको एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । हिजो साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमालेका नेताहरुले बालकोट पुगेर आन्तरिक छलफल समेत गरेका छन् ।

एमालेको सहयोगमा एमसीसी पारित गर्ने सर्तमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्न तयार भएपछि एमालेले संवादलाई तीब्रता दिएको हो ।

पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवा केही दिनभित्रै एमालेको समर्थनमा एमसीसी पारित गर्ने तयारीमा छन् ।