१५ कार्तिक २०८३, आइतबार

सकियो एमाले-माओवादी बैठक, के भयो छलफल ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीचको छलफल सकिएको छ ।

सत्ता गठबन्धन टुट्ने भएपछि एमाले र माओवादीबीच बिहीबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा छलफल भएको हो ।

छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए ।

छलफलपछि नेम्वाङले सञ्चारकर्मीसँग छलफल सकारात्मक भएको बताए ।

उनले भने, ‘छलफल सकारात्मक भएको छ । छलफल गरेर अगाडि बढ्ने भन्ने छ । कुनै एउटा निष्कर्षमा पुग्ने अवस्था बनेको छैन ।’ उनले छलफलमा ठोस कुरा केही नभएको बताए । उनले भने, ‘संसद्को गतिरोध अन्त्य छलफल भयो । विगतका कुरालाई समीक्षाका रूपमा राख्यौँ । अब संवाद गर्दै अगाडि बढौँ भन्ने सम्म कुरा भएको छ । अरू ठोस कुरा भएको छैन ।’