३ कार्तिक २०८३, मंगलबार

ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबइमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । द ब्रिटिस एजुकेशन ग्रुपले दुबइमा पनि ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।

सन् २००३ देखि द ब्रिटिस एजुकेशन ग्रुप सञ्चालनमा रहेको छ । काठमाडौंको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आइरहेको छ ।

दुबइको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज रहेको छ । यो टिबिसी र द ब्रिटिस एजुकेशन ग्रुपका लागि विशेष गौरवको क्षण हो । यस शैक्षिक क्षेत्रमा गरिएको लगानीले नेपाली विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ ।

नलेज भिलेजको कन्फ्रेन्स सेन्टरमा उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।