
काठमाडौं, १२ फागुन । नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको इमर्जेन्सी र ओटी भवनको शिलान्यास गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हिजो बुधबार सो भवनको शिलान्यास गरेका हुन् । बुधबार बिहान ८ बजेको शुभसाइतमा महानिरीक्षक खनालले उक्त भवनको जगमा बैद्धिक बिधिअनुसार पूजा गरी शिलान्यास गरेका हुन् ।
सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।















प्रतिक्रिया