
नवलपरासी, १२ फागुन । नवलपरासी पश्चिममा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका बस्ने २१ वर्षीय युवक छन् । उनको पहिचान प्रहरीले गोप्य राखेको छ । ती युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनले बालिकालाई मगंबार राति अन्दाजी ९ बजे बिहेको कार्यक्रममा चकलेट दिने प्रलोभनमा पारी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार पक्राउ परेकमाथि मुलकी अपराध संहिताको परिच्छेद १८ अन्तर्गत जबर्जस्तीकरणी कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।















प्रतिक्रिया