२८ आश्विन २०८३, बुधबार

जन्तीलाई ढिलो खाना आएपछि दुलाहाले लिए यस्तो निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन् । बतौना गाउँको ईस्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो ।

कर्मकाण्ड चल्दै गर्दा जन्तीलाई खाना खुवाउन ढिलाइ भएको थियो । त्यसले गर्दा दुलाहा, उनका पिता र साथीहरू रिसाए ।

विवाह नै नगरी दुलाहा फर्किए । दुलही पक्षले उनलाई फकाउन धेरै कोशिश गरेको भए पनि उनीहरू रोकिएनन् । दुवै पक्षबीच कुरा मिलाउनका लागि धेरैपटक वार्ता भयो तर कुरा झनै बिग्रियो ।

दुलाहाका पिताले ढिलो गरी खाना आएको रिसमा खानाको खर्च र बाइकसँगै दाइजोमा आएका अन्य कुरा पनि दुलहीपक्षलाई फर्काइदिए । घटनापछि दुलहीकी आमाले कस्बा प्रहरी चौकीमा दुलाहा र उसका पिताविरुद्ध उजुरी दायर गरेकी छन् ।

उजुरी दर्ता भएपछि दुलाहाका पिताले बिहेमा भएको खर्च फर्काए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।-एजेन्सी