
काठमाडौँ, ११ फागुन । नेकपा (एमाले) का युवा नेता सूर्य थापाले परमादेश सरकारको बिजोग भएको र अब पतन अनिवार्य भएको बताएका छन् ।
उनले फेसबुकमार्फत धारणा राख्दै यस्तो बताएका हुन् ।
त्यस्तै, एमसीसीका कारण देशमा अहिले जात्रा चलिरहेको पनि थापाको भनाइ छ ।
सरकारका कारण बाह्य नीति संकटमा परेको थापाको आशय छ ।
यस्तो छ थापाको भनाइः
एमसीसी कम्प्याक्ट–
१) देउवा–प्रचण्डको सहमतिमा महराले अमेरिकी अधिकारीहरूसँग गरी वार्ता र सहमति ।
२) देउवा प्रचण्डको आदेशमा ज्ञानेन्द्रबहादुर कार्की अमेरिका पुगेर हस्ताक्षर।
३) कम्प्याक्ट संसदमा लैजान दुईतिहाइको सरकारका बेला प्रचण्डको तत्कालीन सरकारसँग सहमति, माओवादी पृष्ठभूमिका मन्त्रीहरूसहित क्याबिनेटबाट निर्णय।
४) प्रचण्ड– महरा– सापकोटाद्वारा गिजोल्ने र विरोधमा वातावरण भड्काउने सिलसिला निरन्तर ।
५) देउवा– प्रचण्डको संयुक्त हस्ताक्षरमा २०७८ कात्तिकमा एमसीसीलाई ४–५ महिनाभित्र संसदबाट अनुमोदन गराउने कायलनामाको पत्राचार।
६) देउवा– प्रचण्ड– नेपालसहित पाँच दलीय गठबन्धनका नेताहरूको सहमतिमा संसदमा टेबुल गर्ने निर्णय।
७) अर्थमन्त्री सहमतिमा अनुपस्थित, संचारमन्त्रीद्वारा सहमतिमा कम्प्याक्ट संसदमा टेवुल।
यतिन्जेल एमसीसी राष्ट्रवादी?
तर,
सरकारमा सँगसँगै मोजमस्ती,
संसदमा विरोधमा नाराबाजी,सडकमा प्रदर्शन र आक्रामक उत्तेजनात्मक र हिंसात्मक रवैया जारी, देउवा–प्रचण्ड– नेपालकै सरकारको गृहप्रशासनद्वारा प्रदर्शनकारीमाथि दमन।
अब एमसीसी राष्ट्रघाती?
आफैले निर्णय गरी संसद बैठकमा टेवलसमेत गरेको एमसीसी राष्ट्रघाती?
मति राष्ट्रघाती भएको सटीक दृश्य– दृष्टान्त ।
खासमा देशमा जात्रा चलिरहेको छ ! सरकारमा भाँडहरूको लुटपाट छ, बाह्य– सम्बन्ध अविश्वास र संकटमा परेको छ !
परमादेशको बिजोग र पतन अनिवार्य भएको छ ।












प्रतिक्रिया