
काठमाडौँ, ११ फागुन। चिनियाँ एप्स टिकटक हाल विश्वको सबैभन्दा लोकप्रिय एप्स हो। यो भिडिओ सेयरिङ एप्समा मानिसहरुले आम्दानी पनि गर्न सक्छन्। यतिबेला फेसबुकमा पनि नयाँ ‘रिल्स’ फिचर प्रदान गरिएको छ जसमा हामी टिकटकमा जस्तै भिडिओ सेयर गर्न सकिने मेटा कम्पनीलाई उल्लेखगर्दै रोयटर्सले जनाएको छ।
टिकटकलाई चुनौती दिन फेसबुकमा रिल फिचर्स ल्याइएको हो। हाल फेसबुकको रिल्स फिचर्स विश्वका १ सय ५० भन्दा धेरै देशमा सुरुवात भएको छ। बाँकी देशमा विस्तारै यो फिचर देखिँदै जानेछ। फेसबुकको रिल्समा प्रयोगकर्ताले लाइभमा गएर टिकटकमा जस्तै गिफ्ट पाएर आम्दानी पनि गर्न सक्छन्। –एजेन्सी












प्रतिक्रिया