
काठमाडौँ, ११ फागुन । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।
मन्त्रालयले वुधबार एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको छ ।
रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सजग हुन आग्रह गरेको छ ।
त्यस्तै, अत्यावश्यक बाहेक युक्रेनको भ्रमण नगर्न पनि सचेत गराइएको छ ।












प्रतिक्रिया