२९ आश्विन २०८३, बिहिबार

पत्रकार पाण्डे एक सातादेखि आबुधावी प्रशासनको हिराशतमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका पत्रकार उमाकान्त पाण्डे एक सातादेखि आबुधाबी प्रशासनको हिराशतमा छन् ।

दुबई प्रहरीले पक्राउ गरी उनलाई आबुधाबीस्थित अल वाथ्बा जेलमा राखेको परिवारका सदस्यले बताएका छन् । करीब एक दशकदेखि युएईमा बस्दै आएका अर्घाखाँचीका पाण्डेलाई ३ फागुनमा युएईको प्रशासनले हिरासतमा लिएको थियो ।

युएईस्थित नेपाली दूतावासका कर्मचारीले दायर गरेको साइबर अपराध मुद्दाअन्तर्गत आफूलाई पक्राउ गरिएको उनले हिरासतकक्षबाटै परिवारका सदस्यलाई जानकारी दिएको बताइएको छ ।