७ कार्तिक २०८३, शनिबार

विश्वभर कोरोना सक्रिय संक्रमितको संख्या घट्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमित थपिने दरमा कमी आएसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा १६ लाख १२ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ६ करोड ६२ लाखमा झरेको छ ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ४२ करोड ७९ लाखमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ३५ करोड ५७ लाख निको भएका छन् भने ५९ लाख २३ हजार जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ लाख ९१ हजार संक्रमित निको भएका छन् भने ८ हजार ३०० संक्रमितको मृत्यु भएको छ ।

अझै पनि सक्रिय संक्रमितको शून्य दशमलव १ प्रतिशत अर्थात् ८० हजारको स्वास्थ्यमा जटिलता देखिएको भए पनि बाँकीको अवस्था सामान्य छ । नेपालमा समेत संक्रमण दर घट्दै गएको छ ।