२९ आश्विन २०८३, बिहिबार

बलिउड बादशाह शाहरुखले लण्डनमा जिते एशियन अवार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SHAHRUKH- KHAN

काठमाडौं । बलिउडका बादशाह अभिनेता शाहरुख खानले एसियाकै सर्वाधिक ठुलो एशियन अवार्ड जितेका छन् । बेलायतको सहर लण्डनबाट प्रदान गरिने उक्त अवार्ड अभिनेता शाहरुखले जितेका हुन् ।

पाँचौ वार्षिक ‘द एशियन अर्वार्ड्स’ समारोहमा शाहरुखलाई सिनेमाको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सम्मान सहित अवार्ड प्रदान गरेको हो ।

अवार्ड समारोहमा शाहरुखले एसियाकै ठुलो अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण दर्शकलाई तपाईहरुको माया नै यो अवार्डको हिस्सा हो भनेका छन् । उनले आफ्ना दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

उनले एसियाको चलचित्र उद्योग क्षेत्रलाई अझै व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने त्यसका लागि सबैले हातमा हात मिलाउनुपर्ने धारणा राखे । शाहरुख अहिले आफनो चलचित्र फैनको शुटिङमा व्यस्त छन् । एजेन्सी