
काठमाडौँ, १० फागुन । काठमाडौंको सामाखुसीबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।
महोत्तरी बर्दीबास घर भई हाल काठमाडौंको कपन बस्ने २० वर्षीय सञ्जय विश्वकर्मालाई वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–१२ प ५५८२ नम्बर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
त्यसैगरी सोही स्थानबाट बा।९७प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाडौं बस्दै आएका रमेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।












प्रतिक्रिया