७ कार्तिक २०८३, शनिबार

पोषणको दीगोपना सुनिश्चिताबारे शिवरजमा गोष्ठी सम्पन्न

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १० फागुन । जिल्लाको शिवराज नगरपालिकालाई एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमहरुको दिगोपना सुनिश्चिताका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यशाला गोष्ठीमा शिवराज नगरपालिका अन्तर्गत रहेका विभिन्न शाखाहरुले पोषण अवस्थामा सुधार गर्न गरि रहेका क्रियाकलाप बारे कार्यशाला गोष्ठीमा जानकारी गराएका थिए ।

पोषण कार्यक्रमहरुको दिगोपना सुनिश्चित गर्न प्रतिवद्धता पत्र समेत जारी गरेको पोषण सहजकर्ता नयना पुनले जानकारी दिन् । शिवराज नगरपालिका अन्तर्गत रहेका कृषि तथा पशुसेवा,शिक्षा,खानेपानी तथा स्वच्छता,महिला विकास र सामाजिक शाखाका प्रमुखहरुले समेत शिवराज नगरपालिका भित्र रहेका सुनौलो हजार दिनका आमाहरुको पोषण अवस्थामा सुधार गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख नेत्रराज अधिकारीले विभिन्न शाखाहरुले जाहेर गरेका प्रतिवद्धा अनुसार नगरपालिकाले यस क्षेत्रका वासिन्दाहरुको स्वच्छ खाने पानीका लागि नगरपालिकाका प्रत्येक वडामा खानेपानी टेकीं निर्माणको काम अगाडी बढेको बताए ।

अधिकारीले पोषण अवस्था सुधारका लागि नगरपालिकाले विभिन्न वडाहरुलाई पकेट क्षेत्रको रुपमा विकास गर्दे एक वडा एक उत्पादनलाई अगाडी बढाएको बताए ।

अधिकारीले प्रत्येक विद्यालयमा किशोरीहरुको उपस्थिति दरलाई वृद्धि गर्न स्यानेटरी प्याड र आइरन चक्की खुवाउने कार्यक्रमलाई स्वास्थ्य संस्था मार्फत अगाडी बढी रहेको बताए । -दिपक खड्का