७ कार्तिक २०८३, शनिबार

ललितपुरमा एकाबिहानै दुर्घटना हुँदा एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । ललितपुरमा आज मंगलबार बिहानै भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरकै महाङ्काल गाउँपालिका–३ गोटीखेलका ६६ वर्षीय सन्तप्रसाद तिमल्सिना छन् । ललितपुर महानगरपालिका–१५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३–०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको थियो । प्रहरीले भ्यानका चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।