
काठमाडौं, १० फागुन । नेपाल बार एसोसिएशनले २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आगामी चैत १९ गते निर्वाचन गर्ने भएको छ ।
चैत १९ गते देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । तालिका अनुसार, आउँदो २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । यस्तै, बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशित गर्दैछ ।
आउँदो शुक्रवार मतदाता नामावलीमा दाबी विरोध गरी २० गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने बारले जनाएको छ । यस्तै, आउँदो २३ गते उम्मेदवारीका लागि दरखास्त दिन सकिने छ ।
बारको अध्यक्ष पदको उम्मेदवारीका लागि ५० हजार रुपैयाँ, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि ३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।
नेपाल बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न चुनाव हुन लागेको हो ।
यस्तो छ तालिका–
















प्रतिक्रिया