३० आश्विन २०८३, शुक्रबार

मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने, २० गतेभित्रै निवेदन दिनुपर्ने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ ।

आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए ।

मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको हो, आजको राजधानी दैनिकमा समाचार प्रकाशित भएको छ ।