१६ कार्तिक २०८३, सोमबार

काँग्रेसलाई बचाउन कठोर निर्णय गर्नुपर्छः पूर्वगृहमन्त्री जोशी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-विवि श्रेष्ठ

तनहुँ, ९ फागुन । हामीलाई वीपीको विचारमा संगठित भएका हामीहरुले वीपीको विचार बचाउन, काँग्रेसलाई बचाउनको लागि कठोर निर्णय लिनुपर्ने बताए ।

त्यसैले स्थानीय तहको निर्वाचनमा सबै मेरो मान्छेलाई दिनु पर्छ भनेको हैन । सबै क्रियाशिल सदस्यहरु सबैलाई राखेर जसलाई टिकट दिने भन्छन् त्यसैलाई टिकट दिने हो भने मेरो आपत्ति छैन गुनासो छैन । सबै सबेर निर्णय गर्दा मेरो आपत्ति छैन । मैले क्रियाशिल पाएको छैन, हाम्रा कतिपय साथीले पाएको छैनन् ।

आफ्नो घरको कोठामा बसेर मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरु आफ्ना पिछलक्कुहरुलाई, आफ्ना मान्छे भन्नेका नाममा आफूले मनपर्दी ढंगले टिकट बाड्ने हो भने वीपी कोइरालाको भनाई अनुसार यात दास हुन्छौ या त हामी चरम अवसरवादी हुन्छौ ।

त्यसैले तपाईलाई हामीसँग पनि कसलाई बनाउनुहुन्छ त भन्ने कुरामा तयारी अवस्थामा रहेनौँ भने अस्विकार गर्दिन तर आफ्नो घरको को मेयर, उपमेयर । लिष्ट तयारी अवस्थामा बस्नुपर्छ जरुरी प¥यो भने जनताको तर्फाबाट उम्मेदवार बन्नुपर्छ । गाउँ, नगर सभासद् छनोट गर्न सम्भव छैन ।

काम गर्ने समिति बनाउने र जसले गाउँपालिकादेखि वडा सदस्य सम्मको पार्टीको पाए पार्टीको तर्फबाट टिकट दिने नत्र जनताको तर्फबाट टिकट लड्ने । वीपीले जीवनको अन्त्य मेरो विचारको गलत व्याख्या गरिन्छ भन्ने पक्का छ । सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ ।

बीपी विचार समाज व्यास नगर कमिटी गठन

बीपी विचार समाज व्यास नगरपालिका स्तरीय प्रथम साधारण सभा एवं अधिवेशनले क्या.रेशमबहादुर गुरुङलाई व्यासनगरको अध्यक्ष पदमा चयन गरेको छ ।

क्या.रेशमबहादुर गुरुङको अध्यक्षतामा केही सदस्यपछि थप गर्ने गरी हाललाई १५ सदस्यीयकार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शेरबहादुर गुरुङ, सचिवमा कृष्ण प्रसाद सोती, कोषाध्यक्षमा इलिसा गुरुङ र सहसचिवमा नवराज अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सूर्यभक्त अधिकारी, खिमबहादुर थापा, पुण्यप्रसाद भट्टाराई, पञ्च बहादुर गुरुङ, रामनाथ ओझा, राधापन्थ, अमृता घर्ती, सुरेन्द्र सुवेदी, दीर्घ बहादुर थापा र देवी प्रसाद गौडेल चयन भएका छन् । पछि ६ जना सदस्य मनोनित गरी २१ सदस्यीय कार्य समिति बनाइने बताइएको छ ।

नेताजोशीद्वारा वार्ता समिति पुर्नगठन

समग्र काँग्रेस एकताको लागि नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीबाट गठित वार्ता समिति शनिबार पुर्नगठन गरिएको छ । वीपी विचार समाज व्यास नगरको प्रथम अधिवेशनको अवसरमा नेता जोशीले पुर्नगठन गरेको जानकारी दिएका हुन् ।

काँग्रेस तनहुँलाई वार्ता मार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई अस्विकार गरेमा वार्ता टोलीले उम्मेदवारको नाम संकलन गर्ने र उम्मेदवार चयन गरी जनताको तर्फबाट चुनाव लड्ने गरी तयारी गर्न नेता जोशीले वार्ता समितिलाई निर्देशन दिएका छन् ।

क्षेत्र नम्बर १ को लागि संयोजकमा बालकुमारी लोहनी सदस्यहरुमा हरिशरण पण्डित, शुकुमलाल गुरुङ, सोलबहादुर चितौरे मगर चयन भएका छन् । नेता जोशीले यस अगाडि तीन सदस्यीय वार्ता टोली गठन गएका थिए ।