८ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओली स्काउटको ‘मेधावी योगदान’ पदकबाट सम्मानित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ९ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको ‘मेधावी योगदान’ पदकबाट सम्मानित भएका छन् ।

ओलीले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्याएको योगदानका लागि पदक प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् । प्रधानमन्त्रीकै रुपमा ओलीले ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम नै सुरुवात गरेका थिए ।

ओलीले नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको उक्त पुरस्कार प्रदान गरिएको हो ।