२९ आश्विन २०८३, बिहिबार

मोटर गुडाउन सुर्खेतका ग्रामिण सडकमा पहाड छिचोल्दै डोजर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dojer

– सुशील खड्का
सुर्खेत, ६ बैशाख । खेल्ने चौरका लोकबहादुर चन्दलाई आजभोली व्यापार गर्न कुनै असहज छैन् । वर्षातका तीन महिना बाहेक अन्य समयमा सहज रुपमा पसलका लागि सामान आइपुग्छ ।

गाउँमा किनारा पसलसँगै अन्य जडीवुटी संकलन गरेर चन्द राकमको जामुने बजारसम्म सामान पु¥याउँदै आएका छन् । सोही ठाउँका रिस्मा रानालाई आवश्यक सामग्री खरिद गुर्नपरे ट्याक्टरमा हालेर गाउँमा ल्याउछिन् । गाउँमा उत्पादन हुने अन्य समाग्री समेत सहज रुपमा पठाउछिन् ।

जिल्लाको पूर्वी सुर्खेतको गुमीबाट पातीकाल्ला भोटेचुली हुँदै डाँडाखालीमा सडक पुगेपछि फेरीको दैनिकी हो यो । लामो समयसम्म सडक सञ्जालले नपुगेको यो गाविसका स्थानीयबासीहरु सदरमुकाम वीरेन्द्रनगर आउन वा अन्य क्षेत्रमा जान राकम हुँदै हिडेर बाहिरीनु पथ्र्यो ।

सडक सञ्जालले राकमको जामुने बजार देखी गुमीसम्म सडक जोडिएपछि डाँडीखालीमा नागरिकहरुलाई यात्रा गर्न सहज भएको छ । शुरुको चरणमा ट्याक मात्र खोलीएको यो सडकमा निर्माणका लागि चालु आर्थिक वर्षमा ३७ करोड बजेट विनियोजन भएको छ । गुमीबाट पातिकाल्ला चौरसम्मको कुल ५२ किलोमिटर सडकको निर्माण लागि ११ प्याकेजमा काम भइरहेको छ ।

dojer-2विगतलाई सम्झँदा साह्रै दुःख थियो डाँडाखालीका स्थानीयबासी लोकबहादुर चन्दले भने ‘सडक सञ्जाल जोडिएपछि यहाँको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएको छ ।’ मौसमी सडक भएपनि अवको केही वर्षमा मोटर सरर गुड्ने आशा चन्दको छ । मध्यपश्चिम यातायात व्यवसायी संघ र सिस्ने तथा भेरीगंगा यातायात व्यवसायी संघबीच जाजरकोटमा यातायात सञ्चालन गर्ने विषयमा विवाद भएपछि फास्ट ट्याक्रमा यो सडक सञ्चालनमा ल्याएको विज्ञहरु बताउँछन् ।

तर कतिपयको भने तत्काल भेरी नदीमा पुल निर्माण नभएको र पटक पटक विग्रने फेरीका कारण जाजरकोटमा यातायात नियमित सञ्चालन गर्न सडक निर्माण थालिएको बताउँछन । भनाईमा जे विविधता भएपनि यो सडक सञ्जालले आफ्नो अलग्गै पहिचान बनाएको छ ।

डाँडाखाली र खानीखोलाका नागरिकहरुलाई छिटो वीरेन्द्रनगर आउने सडकको रुपमा स्थापित गरेको छ । भने जाजरकोट, सल्यान र डोल्पाका नागरिकहरुलाई वीरेन्द्रनगर हुँदै अन्य जिल्लामा जान छोटो मार्ग बन्ने मध्यपश्चिम सडक डिभिजन कार्यालय नम्वर ४ सुर्खेतले जनाएको छ ।

साथै जिल्लाका अन्य गाविसमा निर्माण भइरहेका सडक र गुमी पातिकाल्ला–चौर बीचचको अन्तर सम्वन्ध रहने छ । घोरेटा, दहचौर, रानीबास, मटेला अवलचिङ रिङ रोड समेत यसमा जोडिने छ । दैलेख जिल्ला सहित अन्य मध्य तथा सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाबाट पूर्व पश्चिम जानमा सहजता हुनेगरी सडक निर्माण भइरहेको कार्यालयले बतायो ।

यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमै बहुवर्षे ठेक्का प्रक्रियाबाट काम अगाडी बढेको छ । सडक कटिङ, ग्राभेल, कच्चा नाला निर्माण लगायतका कामका लागि चालु आर्थिक वर्षमा मात्र १८ करोड रकम छुट्टाइएको छ । जामुने बजार देखी डाँडाखाली–गुमीसम्मको विभिन्न स्थानमा ८ वटा डोजरले सडक खन्ने काम जारी राखेका छन् ।

दायाँबायाको कटिङ् गरेरबीच सडक मात्र करिव सात मिटरको रहने मध्यपश्चिम सडक डिभिजन कार्यालय नम्वर ४ सुर्खेतका प्रमुख भानु जोशीले जानकारी दिए । उनले विगतका सडक निर्माणबाट सिकाई भएको भन्दै यो सडक निर्माणार्थ कटिङ्मा कुनै कुञ्जसाई नराख्ने बताए ।

सडक दिर्घकालिन रुपमा कुनै अवरोह नआउने गरी काम अगाडी बढेको छ प्रमुख जोशीले भने ‘शुरुमा कटिङ नगरे भोलीका दिनमा ठुलो चुनौती हुन्छ, सम्पूर्ण तयारी पुरा गरेर शुन्य देखी अन्तिम विन्दुसम्म समान रुपमा सडक निर्माण गर्ने काम जारी रहन्छ ।’

पहिलो चरणको काम सम्पन्न भएलगत्तै सडक वाल तथा कालोपत्रेका लागि आगामी चालु आबमा १९ करोडको ठेक्का आह्वान गरिने छ ।