२८ आश्विन २०८३, बुधबार

चार बोतल वाइन पिएर प्रेमिकासँग रोमान्टिक डिनर, १८ हजारको बिल आएपछि फरार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – डेटमा गएको एकजोडीले १८ हजारको बिल तिर्नुपर्ने भएपछि फरार भएको घटना बाहिरिएको छ। बेलायतको नर्थ योर्कशायरमा भ्यालेन्टाइन डेमा सो जोडी पबमा रोमान्टिक डेटमा गएको थियो।

दुवैजनाले खाना खाएको र मदिरा पिएको समेत गरी करिब १८ हजार रुपैयाँको बील आयो । आफैले खाएको खानाको बिल तिर्नुको सट्टा उनीहरु पैसा नदिएर भागे । त्यसपछि रेस्टुरेन्ट मालिकले फेसबुकको मद्दत लिएर जोडिको बिल सार्वजनिक गरिदियो।

उनीहरुले रोमान्टिक डेटको लागि टेबल बुक गरेका थिए। तर बिल भने तिरेनन्।

पछि पबले बील तोकिएको समयमा बुझाउन पनि निर्देशन दियो । यो जानकारी प्रहरीलाई पनि दिइएको छ। योसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पब मालिकसँग यस जोडीको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका समेत छन् । द मिलु नामक पबले यो जोडीको बिल सार्वजनिक गरेको हो ।

उनीहरुले थाइ ग्रीन करी, ४ वटा वाइन र अन्य सामान लिएका थिए । तर, उक्त बिलमा नाम भने थिएन । पछि पबको तर्फबाट यो बिल १६ फेब्रुअरीमा एक महिलाले तिरिदिएको बताएको थियो । ती महिला युवककै प्रेमिका भएको अनुमान गरिएको छ । सोही क्रममा पबका कर्मचारीले पनि सम्बन्धित व्यक्तिलाई सम्पर्क गरेको बताइएको छ । तर, ती व्यक्तिले आफूसँग पैसा र तलब नभएको जवाफ दिएका थिए। –एजेन्सी