१६ कार्तिक २०८३, सोमबार

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल किन परे पक्राउ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । ग्रीनलाइनका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स भएको भन्दै उजुरी परेपछि अग्रवाल समातिएका हुन् ।

काठमाडौंस्थित दरबारमार्ग र कान्तिपथमा आयातित महँगा मदिरा बेच्ने पसल चलाएका अग्रवाल पुस २२ गतेयता सपरिवार फरार रहेका थिए । अग्रवालले ग्लोबल आइएमई, मेगा, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ८० करोड रुपैयाँभन्दा ऋण लिएका थिए ।

ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । केहीदिन अघि उनले आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न सक्ने अवस्था रहेको भन्दै पत्रकार सम्मेलन पनि आयोजना गरेका थिए । उक्त सम्मेलनमा उनले आफ्नो १ अर्ब ऋण रहेको र १ अर्ब भन्दा माथी सम्पत्ति पनि रहेको जानकारी दिएका थिए ।

पछिल्लोपटक उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स उजुरी आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।