
काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी पास भए आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरे सरह हुने बताएका छन् । सोमवार पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीले प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
‘प्रतिनिधि सभामा यो सम्झौता टेबुल गरिनु सार्वभौमसत्ता सम्पन्न संसद र सांसदहरुको पनि घोर अपमान हो,’ वक्तव्यमा भनिएको छ, ‘अझ यसलाई संसदबाट पारित गरिए आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरे सरह हुने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट दृष्टिकोण छ ।’
साथै पार्टीले एमसीसी संसदमा पेश गरेकोमा विरोध र भर्त्सना समेत गरेको छ । नेकपाले एमसीसीलाई ठाडै अस्वीकार गरी खारेजी गर्नुको विकल्प नभएको जनाएको छ ।
‘यो संसदले राष्ट्रघाती र जनघाती कुनै पनि सम्झौताका बुँदाहरूलाई किमार्थ संशोधन गर्न सक्दैन,’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले, यो नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि ठाडै खेलबाड गर्ने र अमेरिकी स्वार्थको हित गर्ने यो सम्झौता खारेज गराउन नेपाली जनता एकताबद्ध भएर राष्ट्रव्यापी संयुक्त आन्दोलनमा उत्रन नेपाल कम्युनिष्ट पार्टी जोडदार आह्वान गर्दछ ।’















प्रतिक्रिया