
काठमाडौँ, ९ फागुन । गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले एमसीसीविरुद्ध प्रदर्शनको क्रममा आन्दोलनकारीको ढुंगामुडाबाट प्रहरी घाइते भएकोमा दुस्ख जनाएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत आन्दोलनमा देखिएको दृष्यसहित स्टाटस लेख्दै उनले राष्ट्रसेवाको भावनाले जनताको सेवामा अहोरात्र खटिँदा प्रहरीको टाउको फुट्नुपर्ने किन भनी प्रश्न सोधेका छन् ।
‘अवसर पाएको भए ठूलो जागिर खान्थ्यौं, विदेश पनि जान्थ्यौं, अथवा राजनीतिमा पनि हुन्थ्यौं‘।’, सचिव पाण्डेले लेखेका छन्, ‘राष्ट्रसेवाको भावनाले सानो ठूलो नभनी जसको सरकार भएपनि जनताको सेवामा अहोरात्र खटिँदा हाम्रो टाउको नै फुट्नु पर्ने किन ? (प्रहरीको पीडा) ’















प्रतिक्रिया