३० आश्विन २०८३, शुक्रबार

अनेसास शब्दसारथीमा ‘अर्को भोर’को चर्चा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन (अमेरिका), ९ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा हिजो आइतबार ‘अर्को भोर’ कथा कृतिको चर्चा गरिएको छ ।

शब्दसारथी कार्यक्रमको १३औँ शृङ्खलामा कथाकार केशवराज ज्ञवालीको उक्त कृतिमाथि छलफल गरिएको हो । कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डे, समालोचक ज्ञानु अधिकारी, सञ्चारकर्मी तथा कवि मोहराज शर्मा र कथाकार कृष्ण कुसुमले ज्ञवालीको कथाकारिताका बारेमा प्रकाश पारेका थिए ।

यसैगरी अनेसासका पूर्वध्यक्ष तथा कथाकार पदम विश्वकर्मा, अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास बिओटी सदस्य तथा मुक्तककार तीर्थराज अधिकारी, साहित्यकार कुशुम ज्ञवाली, कवि मोहित जोशी र महेश क्षितिजले पनि कथाकारका बारेमा चर्चा गरेका थिए ।

अनेसासमा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा अनेसास अस्टिन च्याप्टरका अध्यक्ष धर्मानन्द गौतम, अनेसास क्यान्सस च्याप्टरका अध्यक्ष कमला न्यौपाने, प्रमोद अमात्यका साथै कथाकार ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए ।