८ कार्तिक २०८३, आइतबार

छोरालाई राजदूत बनाउने शर्तमा एमसीसी पेश गर्न सभामुख सापकोटा राजी भएको खुलासा

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले लामो समयदेखि रोकेको एमसीसी आइतबार पेश गर्न सहमत हुनुमा लेनदेन जोडिएको खुलासा भएको छ ।

संवैधानिक भूमिका भन्दा बाहिर गएर सरकारको प्रस्ताव रोकेका सभामुख सापकोटाले छोरा रुपक सापकोटालाई राजदूत बनाउने पक्का भएपछि एमसीसी टेबल गर्न सहमत भएको तथ्य बाहिर आएको छ ।

यस्तो सहमति भएकोबारे बालुवाटार स्रोतले नै खुलासा गरेको हो ।

सभामुख सापकोटाले एमसीसी पेश गर्न सघाएसँगै उनका छोरालाई राजदूत बनाइने भएको हो ।

छोरा रुपकलाई चीनको राजदूत बनाउन सभामुख सापकोटा प्रयासरत रहेका थिए ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ ।

माओवादीको भागमा चीनका राजदूत परेको र छोरा रुपकलाई राजदूत बनाउनुपर्ने सभामुख सापकोटाको अडानमा अध्यक्ष प्रचण्ड सहमत भए पनि प्रधानमन्त्रीले अनुभव नभएका र कम उमेरकालाई राजदूत बनाउन आनाकानी गरिरहेका थिए ।

तर एमसीसी टेबल गराउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख पुत्रलाई राजदूत बनाउन सहमति दिएको खुलेको हो ।

प्रधानमन्त्रीले एमसीसी सदनमा टेबल गर्न दिए मात्रै रुपकलाई राजदूतका लागि सिफारिस गर्ने शर्त राखेका बुझिएको छ ।