१६ कार्तिक २०८३, सोमबार

१८ जिल्ला न्यायाधीशका लागि भएको परीक्षामा ३ जना मात्रै पास

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । १८ जना जिल्ला न्यायाधीशका लागि भएको लिखित परीषामा ३ जनाले मात्रै उत्तीर्ण गरेका छन् ।

न्याय सेवा आयोगले लिएको परीक्षामा माग संख्या भन्दा निकै कम उम्मेदवारले मात्र लिखित परीक्षा पास गरेका हुन् ।

आइतबार आयोगको बैठकले लिखित परीक्षा उतीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएका परीक्षार्थीको नाम सार्वजनिक गरेको छ ।

आयोगले जिल्ला न्यायाधीश पदका लागि आन्तरिक खुलातर्फ नौ जना, खुलामा पाँच जना, महिला दुई जना, आदिवासी जनजाति र मधेशी एकएक जना माग गरेको थियो ।

तर तीन जनाले आन्तरिक खुला र खुला गरी दुबैतर्फ नाम निकालेका हुन् । महिला, आदिवासी जनजाति र मधेशी आरक्षणतर्फ कोही पनि उतीर्ण भएका छैनन् ।

उनीहरुको आगामी फागुन २९ गते अन्तर्वार्ता हुने भएको छ ।