
काठमाडौँ, ८ फागुन । नुवाकोटमा केहीबेर अघि भएको बस दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

साल्मेबाट त्रिशुलीतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–१००–६ ख १५४१ नम्बरको यात्रुवाहक बस किस्पाङ गाउँपालिकाको किटानीबगरमा दुर्घटनमा परेको हो ।
बस सडकबाट अन्दाजी २० मिटर तल खसेको छ । बसमा रहेका १० जना यात्रु सबै घाइते भएका छन् । तीमध्ये चार जनालाई थप उपचारको लागि काठमाडौं लैजान त्रिशुली अस्पतालले रिफर गरेको छ ।















प्रतिक्रिया