७ कार्तिक २०८३, शनिबार

२४ घण्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८१५ जनाको नमुना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ५७२ पीसीआर परीक्षणमा २२९ जना संक्रमित भेटिएका छन् भने ३ हजार २४३ को एन्टिजेन परीक्षणमा ३३ जनामा पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या भने १२ हजार २४४ रहेको छ ।