८ कार्तिक २०८३, आइतबार

एमसीसी टेबलपछि इश्वर पोखरेलको टिप्पणीः अनुचित र अवैध गर्भाधानबाट जन्मेको ‘गठबन्धन’ को नाटक मञ्चन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारले एमालेको नाराबाजीबीच एमसीसी टेबल गरेकोमा कडा आक्रोश व्यक्त गरेका छन् ।

आइतबार एमालेले आफ्ना मागहरु सम्बोधन हुनुपर्ने भन्दै गरेको जारी राखेको नाराबाजीका बीच सभामुख र गठबन्धन सरकारले एमसीसी पेश गरेकोमा पोखरेलले आक्रोश पोखेका हुन् ।

संसदमा विरोधका बाबजुद एमसीसी पेश गरिएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत कडा आलोचना गरेका हुन् ।

एमसीसी टेबल हुनुलाई पोखरेलले अनुचित र अवैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको नाटक मन्चन भएको धारणा राखेका छन् ।

यस्तो छ पोखरेलको धारणा:

अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन –
सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने ! संगैकाहरू सजिलैर अप्ठ्यारै गरी बसिरहने ! अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने ! ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु ‘ भन्ने निर्लज्ज (खल) नायक चाहिं सहज ढंगले लाजशरम पचाएर प्रकृया अगाडि बढाइरहने !
वाह रे ‘गठवन्धन’ ! वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार ! वाह रे त्यसका भक्तजन र अनुयायीहरू !!