
काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेश भएपछि उनले अब पारित हुने आशा व्यक्त गरेका हुन् ।
संसद बैठक सकिएपछि एमसीसी कहिले पास हुन्छ भन्ने सञ्चारकर्मीहरुको जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’
आइतबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।
यद्यपि प्रतिपक्षी नेकपा एमालेको नाराबाजी र विरोध कायम रहेको थियो । त्यस्तै, सत्तारुढ दलकै सांसदहरुले पनि एमसीसीको विरोध गरेका छन् । यता सडकमा हजारौँ नागरिकले चर्को विरोध गरिरहेका छन् ।












प्रतिक्रिया