३० आश्विन २०८३, शुक्रबार

संविधानसभाको बैठक बस्दै, आज पनि शोक प्रस्ताव पेस हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwanकाठमाडौं, ६ वैशाख । दलहरुबीच सहमति हुन नसकिरहेका बेला संविधानसभाको बैठक आज दिउँसो बस्दैछ । यसअघिका बैठकमा निधन भएका विभिन्न पार्टी नेताहरुलाई शोक प्रस्ताव पारित गर्दै सकिएका थिए ।

आजको बैठकमा पनि पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

थापाको उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो । आइतबार अहराह्न तीन बजे संविधानसभाको बैठक बोलाइएको छ । लगातार शोक प्रस्ताव प्रस्तुत गर्दै स्थगित हुँदै आएको संविधानसभाको बैठकमा अन्य कुनै कार्यसूची नरहेको बताइएको छ ।

पूर्व सभासद् रामनाथ ढकाल तथा सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव पारित गर्दै यसअघिका बैठक स्थगित भएका थिए ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सहमतिका लागि भन्दै दिनुभएको समयसीमा शुक्रबारै सकिएको छ । गत चैत्र ३० गते बसेको संविधानसभाको बैठकपछि प्रमुख दलका शीर्ष नेतालाई बोलाएर छलफल गर्नुभएका नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउन आजसम्मको समयसीमा प्रदान गर्नुभएको थियो ।

तर सभाध्यक्ष नेम्वाङले दिनुभएको समयसीमाभित्र दलहरुबीच कुनै पनि औपचारिक बैठकसमेत हुन सकेन । द्विपक्षीय तथा बहुपक्षीय बैठकसमेत बस्न नसकेको अवस्थामा कुनै पनि सहमति हुन सकेन ।

दलहरुबीच संविधानको मूलभूत विषयमा नै सहमति हुन सकेको छैन । राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमति हुन सकेको छैन ।