१६ कार्तिक २०८३, सोमबार

एमसीसीको विरोधमा विशाल प्रदर्शन, यी स्थानमा यातायात आवागमन अस्तव्यस्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । सरकारले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्ने भएसँगै नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा विशाल प्रदर्शन भएको छ ।

प्रदर्शनका कारण काठमाडौँका विभिन्न क्षेत्रका यातायात आवागमनमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ ।

तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो ।

नयाँ बानेश्वरको सडकमै मानिसहरुले भेला भएर प्रदर्शन गरिरहेकाले सवारीलाई अन्यत्र स्थानमा डाइभर्शन गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार नयाँबानेश्वरतर्फ जाने–आउने सवारी साधनलाई गैरीगाउँ, तिनकुने, पुरानो बानेश्वर, माइतिघर, न्युप्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ ।

वैकल्पिक रुट प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

महाशाखाले सवारी साधनका चालकहरुलाई करिडोर र चक्रपथको सडक प्रयोग गर्न सुझाएको छ ।

उपत्यकाको माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा सवारी साधन क्यूमा चलिरहेका छन् ।